पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौरबाट मतदान

A notice in Nepali from Mechinagar Ward No. 10

२१ फागुन, रौतहट : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जानकी प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत हुन्। मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा जनताको सक्रिय सहभागिताले मुलुकको राजनीतिक भविष्य निर्धारण गर्ने विश्वास व्यक्त गरेका छन्।

चार निर्वाचन क्षेत्र रहेको रौतहट जिल्लामा कुल २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र कायम गरिएको छ। जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी Dinesh Sagar Bhusalले जानकारी दिएका छन्।

सुरक्षा व्यवस्था कडा बनाउँदै मतदातालाई निर्धक्क भएर मतदान गर्न सहज वातावरण मिलाइएको प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.