अबको प्रदर्शनमा सिंगो राष्ट्र उतार्ने सोचेका छौं : प्रचण्ड

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुनेगरी गर्ने बताएका छन्। सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको प्रदर्शले ठूलो तरङ्ग ल्याएको र अब हुने प्रदर्शनलाई निर्णायक बनाइने बताए।

उनले अबको प्रदर्शनले समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने समेत दाबी गरे। ‘काठमाडौंमा अस्ति (माघ ९) को भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने आवश्यकता महशुस गरेका छौं। किनभने टाउको मै हान्नुपर्ने आवश्यकता देखियो। अस्तिको प्रर्दशनले ठूलो तरङ्ग गएको छ,’ उनले भने,‘अबको कार्यक्रमलाई अझ ऐतिहासिक, अझ भव्य, अझ विशाल, अझ व्यवस्थित गरेर र सिंगो राष्ट्र झल्किनेगरी गनुपर्ने देखियो। मधेश झल्किने, हिमाल झल्किने, पहाड झल्किने, महिला, मुश्लिम सबै झल्किनेगरी हामीले एकचोटी सिंगो राष्ट्र उतार्ने सोचेका छौं। यो हाम्रो लागि जीवन मरणको सवाल भनेर आन्दोलन गर्नुपर्नेछ। एकपटक यसलाई निर्णायक बनाएर देखाउनुपर्छ।’

प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौंमा गरेको सभालाई प्र्रधानमन्त्री केपी शर्मा ओलीले सानो गल्लीमा गरेको र्‍याली र वास्तविक र्‍याली कस्तो हुन्छ आफूहरु गरेर देखाउने बताएका थिए। सोही टिप्पणीको जवाफ दिँदै प्रचण्डले ओलीले जतिसुकै ठूलो वा सानो र्‍याली गरेपनि त्यो पञ्चर्‍यालीभन्दा ठूलो नहुने दाबी गरे।

‘केपी ओलीले अस्ति हामीले गरेको सभालाई सानो गल्लीमा देखाएको सानो सभा मात्र रे, साँचो र्‍यालीकस्तो हुन्छ गरेर देखाउने भनेका छन्। म के भन्न चाहान्छु भने, केपीले जत्रो गरेपनि त्यो पञ्चर्‍यालीभन्दा ठूलो हुनेछैन,’ प्रचण्डले भने।

साेमबार प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.