बालुवाटारमा देउवा-प्रचण्डबीच सकियो वार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

१२ फागुन, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ।

प्रतिनिधि सभा बैठक सुरू हुनुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेट भएको हो।

भेटमा प्रतिनिधि सभामा आज छलफलका लागि पेस हुने एमसिसीबारे कुराकानी भएको थियो। यसबारेमा के कुरा भयो भन्नेबारे भने बाहिर आएको छैन।

बालुवाटार पुग्नुअघि प्रचण्डसहित एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.