१२ फागुन, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्। अहिले प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भइरहेको छ।
प्रचण्ड बालुवाटार जानुअघि नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए।
सरकारले फागुन ८ गते संसदमा टेबल गरेको एमसिसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ। तर, पाँच दलीय सत्ता गठबन्धनमा कुरा मिल्न सकेको छैन।


























