कक्षा १२ को नतिजा तिहारपछि मात्र प्रकाशित हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१० असोज, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।

कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’

उनका अनुसार सम्भवत: सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ। करिब ४ लाख विद्यार्थीले कक्षा १२काे परीक्षा दिएका छन्। बाेर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.