एमालेले अब आसनग्रहण नगराउने, खादा/मालाको प्रचलन पनि हटाउने

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : नेकपा (एमाले)ले आफ्ना कार्यक्रममा नेताहरूलाई आसनग्रहण नगराउने जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकबाट कार्यक्रमहरूमा नेताहरूको आसनग्रहण नगराउने निर्णय भएको जानकारी गराएका छन्।

ओलीले अब अनुहार नै छोपिने गरी खादा माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

‘फेसबुक, ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरैजना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नु भएन भन्ने सुझाव दिने गर्नुभएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ। यसैगरी अब अनुहारै छोपिने गरी खादा, माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ’, ओलीले भनेका छन् ।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.