लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले सोध्यो स्पष्टीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने २१ राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ।

आयोगले ती दललाई कारणसहित ७ दिनभित्र लेखापरीक्षण प्रतिवेदन बुझाउनसमेत निर्देशन दिएको छ। साथै लेखापरीक्षण प्रतिवेदन बुझाउने तर सार्वजनिक नगर्ने दललाई पनि ७ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी आयोगलाई जानकारी दिन निर्देशन दिएको छ।

आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर ३ आवसम्म पेश नगर्ने दलहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, २ आवसम्म प्रतिवेदन पेश नगर्ने राजनीतिक दलहरू गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाललाई स्पष्टीकरण सोधेको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगमा दर्ता कायम रहेका ११८ दलमध्ये आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र ८२ राजनीतिक दलले पेश गरे‍का छन्।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, सङ्घीय विकासवादी पार्टी, नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी, नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन्।

नेपाली कांग्रेस बिपीले भने तोकिएको समय सकिएपछि लेखापरीक्षण प्रतिवेदन बुझाएकामा उसलाई नबुझाउनुको कारणसहित जवाफ मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.