नेपाली कांग्रेस अधिवेशन झापा अपडेट : १६२६ मत गणना सकियो सभापतिमा राम कट्टेलको अग्रता घट्दै

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, झापा : नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले अग्रता घट्दै गएको छन् ।

१६२६ मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ८९४ मत र अर्का उम्मेद्वार देउमान थेबेले ७१६ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ८५६ र पाण्डेले ८०१ मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ६४१ र शेरबहादुर भट्टराईले ६९९ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ९१४ र राजबंशीले ६८० मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ७१४ र कृष्ण हुमागाईले ६२७ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ८८८ र प्रसाईले ७८३ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ६८५ र कालेन्द्र प्रसाद राजबंशीले ६७६ मत पाएका छन् ।

निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले मत गणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.