सर्वोच्चको आदेशपछि माओवादी केन्द्र आन्तरिक छलफलमा: सापकोटा प्रकरण र समसामयिक राजनीति मुख्य एजेन्डा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, जेठ २२: प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) आज (बिहीबार) आन्तरिक छलफलमा जुटेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसिरहेको छ। यो बैठक पूर्वसभामुखसमेत रहेका पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट बसेको हो।

बुधबार (हिजो) सर्वोच्च अदालतको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। साथै, सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई पनि सर्वोच्चले बदर गरिदिएको छ। माओवादी केन्द्रले यस विषयलाई ‘सकारात्मक संकेत’का रूपमा लिएको बताएको छ। द्वन्द्वकालीन घटनाहरू नियमित न्यायिक प्रक्रियाबाट निरुपण हुन नहुने माओवादीको भनाइ रहँदै आएको छ।

बैठकमा अग्नि सापकोटा प्रकरणका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ। हाल माओवादी केन्द्रलगायतका विपक्षी दलहरूले ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आएका छन्। यस बैठकले यी दुवै महत्त्वपूर्ण विषयमा पार्टीको आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.