मनसुन सक्रिय बन्दै,केही प्रदेशमा वर्षाको सम्भावना ज्यादा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं,जेठ ३१ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम बदली भएको छ।

जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गतेदेखि देशैभरि फैलिएको छ। जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रहने छ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.