राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार : अध्यक्ष ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२७ कार्तिक, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो ।

नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताउनुभयो । देशको पक्षमा काम गर्न थालेपछि विराेधी शक्तिले एमालेविरुद्ध षडयन्त्र गरी सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।

एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक पटक एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भएको उहाँको टिप्पणी छ । दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उहाँले चर्चा गर्नुभयो ।

मङ्सिर ४काे निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ ।”

सत्ता गठबन्धनको संयुक्त चुनावी घोषणापत्र नरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन जितेमा कुन घोषणापत्र कार्यान्वयन हुने प्रष्ट नरहेको बताउनुभयो । देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उहाँले आव्हान गर्नुभयो । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

हामीसँग जनता साथमा छन् । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ ।

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताउनुभयो ।  एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।”

दुर्गम क्षेत्रको विकास गर्न दुर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

चुनावी सभामा प्रदेश तथा जिल्लाका नेता, उम्मेदवारहरुले पनि सम्बोधन गर्नुभयो । चुनावी सभामा हजारौं नागरिकको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.