भद्रपुर गोल्ड कप :चर्च ब्याइजले हरायो नेपाल पुलिसलाई

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी” प्रथम भद्रपुर झापा गोल्डकप -२०७९”को आज सम्पन्न खेलमा चर्च ब्याइज यूनाइटेडले नेपाल पुलिसलाई ३-० गोल अन्तरले हराएको छ। खेलको मध्यान्तरअघि चर्च ब्याइजका गगनदिप सिंहले १ र मध्यान्तरपछि ब्याइजकै आशिष चौधरीले २ गोल थप्दै जीत सुनिश्चित पारेका थिए।खेल अवधिभरी खासै लयमा नफर्किएको पुलिस क्लबबाट कुनै दरिलो आक्रमण हुन सकेन। खेलको म्यान अद द म्याच ब्याइजका आशिष चौधरी घोषित भए।उनले नगद रु २० हजार ट्रफी प्राप्त गरे ।

त्यसैगरी हिजो सम्पन्न उद्घाटन खेलमा भद्रपुर ब्लेजर्सले भारतको जयगाउँ एफसीलाई २-० गोल अन्तरले हराएको थियो। भोलिको खेल सङ्कटा फूटबल क्लब ,काठमाडौँ र भद्रपुर ब्लेजर्स ,झापाबीच मेची रङ्गशालामा दिउँसो २:३० बजे सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.