राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लबलाई हराउँदै विराटनगर शीर्ष तेस्रो स्थानमा

विराटनगर १ - ० नेपाल पुलिस क्लब

A notice in Nepali from Mechinagar Ward No. 10
Four women in soccer uniforms playing on a green field. A woman in a yellow jersey with 'BIRATHNAGA' and '13' on the back is kicking the ball while being challenged by a woman in a red jersey. Two other women in red and yellow jerseys are nearby.

काठमाडौँ  । ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा भएको बुधबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ । विराटनगरकी पार्वती घलेले नवौँ मिनेटमा गरेको गोल  नै निर्णायक बनेको हो ।

ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो ठाउँमा उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अङ्क जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अङ्क पछि पर्दै चौथो स्थानमा झरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौँ मिनेटमा पार्वती घलेको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिमसम्म कायम राखेर खेल पस्किँदा लिगमा तेस्रो जित निकाल्न सफल भएको हो ।

पुलिसले पछि परेको अवस्थामा एकपछि अर्को काउन्टर प्रहार गरे पनि विराटनगर महानगरपालिकाको रक्षापङ्क्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेटतिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.