काठमाडौं । आजबाट शुरु हुने भनिएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एक सूचना जारी गर्दे फुटबलको प्रशिक्षण स्थगित भएको जनाएको छ।
यसअघि साफ गेम र एसियन कप क्वालिफायर्सको तयारीका लागि जुन १ बाट प्रशिक्षण सुरु गराउने एन्फाले जनाएको थियो। अब असार २३ गते(जुलाई ७ )बाट प्रशिक्षण शुरु हुनेछ।
प्रशिक्षणको प्रारम्भिक चरणमा ५० जना खेलाडीलाई बोलाइएको छ।


























