वाफ च्याम्पियनसिप फुटबलको फाइनल आज : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले खेल्न नपाउने

A notice in Nepali from Mechinagar Ward No. 10

वाफ च्याम्पियनसिप फुटबलको फाइनल आज हुँदैछ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो खेलमा दुवै टोली अपराजित छन्।

समूह बीको नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो। जोर्डनले गुआम, साउदी अरब र लेबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा ‘डेब्यू’ खेल हो।

डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको छ ।

तर यो खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले खेल्ने छैनन्। उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ।

वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन्। नेपाल फुटबल संघ एन्फाले सावित्राले आजको खेल गुमाउने जनाएको छ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो। जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ। साम्बाले समूह चरणमा नै ३ खेल खेलिसके पनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको हो। रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ।

फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ। तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन्।

साम्बा दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।​ सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन्। जारी खेलमा उनले ९ गोल गरिसकेकी छन्। उनी गोल्डेन बुटकी दाबेदार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.