नेपालले जित्यो केन्याविरुद्धको टी–२० सिरिज

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ।

आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो।

जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २/२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १/१ विकेट हात पारे।

यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे।

बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २/२ तथा लुकास ओलुओचले १ विकेट हात पारे।

यो शृंखलापछि नेपालले केन्यासँग त्यहीँ ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ।

पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आगामी शनिबार र अन्तिम खेल आगामी सोमबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.