काठमाडाैं । राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटले शानदार जित हात पारेकाे छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा चन्द्रपुरले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।
चन्द्रपुरलाई जिताउन सविता रानामगरले ह्याट्रिक गरिन् । दिलकुमारी रानाकमगरले २, रजनी ठोकर र सुनिता भोलालले १-१ गोल गरे । चौदण्डीका लागि अञ्जना थुलुङले १ गोल गरिन् ।
पहिलो खेलमा चन्द्रपुर नेपाल एपिएफ क्लबसँग हारेको थियो । दुई खेल खेलेकाे चौदण्डी यसअघि नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।आजकाे जितसँगै चन्द्रपुरले २ खेलबाट ३ अंक जोडेको छ । लमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो ।
प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच भिडन्त हुनेछ ।


























