काठमाडाैं । राष्ट्रिय महिला लिग फुटबल प्रतियाेगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार साताैं जित हात पारेकाे छ ।
ललितपुरकाे सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे मैदानमा साेमबार भएकाे खेलमा एपीएफले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १४-० ले हराउँदै अपराजित यात्रा कायमै राखेकाे हाे ।
एपीएफका लागि सावित्रा भण्डारी ” साम्बा” ले ८, अनिता केसीले २, अनिता बस्नेतले २ तथा अनु लामा र रविना गोलेले १/१ गाेल गरिन् । आजकाे जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अंक भएको छ । प्रतियाेगितमा एक खेल पनि जित्न नसकेकाे चौदण्डीगढी भने अंकविहीन छ ।


























