काठमाडौँ । महिला राष्ट्रिय लिगमा पुलिस र आर्मीले मंगलबार अपेक्षित जित निकालेका छन् ।

पुलिसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरलाई ३–० ले हरायो ।

यो जितपछि पुलिसको आठ खेलबाट ११ अंक भएको छ र चौथो स्थानमा छ । दिनको पहिलो खेमला आर्मीले १० खेलाडीमा सीमित वालिङलाई २–० ले पराजित गर्यो ।
त्यसमा शर्मिला थापा र विमला चौधरीले एक/एक गोल गरिन् । यो जितपछि आर्मी आठ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । वालिङको भने आठ खेलबाट ११ अंक छ ।



























