राष्ट्रिय महिला लिग : पुलिस र आर्मीको अपेक्षित जित

A notice in Nepali from Mechinagar Ward No. 10
The image depicts a logo for the National Women's League, featuring a circular design with a soccer player kicking a ball, set against a backdrop of a mountain and the acronym 'ANFA'. The logo includes red, white, and blue colors.

काठमाडौँ । महिला राष्ट्रिय लिगमा पुलिस र आर्मीले मंगलबार अपेक्षित जित निकालेका छन् ।

 

पुलिसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरलाई ३–० ले हरायो ।

त्यसमा निरु थापाले दुई गोल गरिन् । पहिलो हाफको ४१ औं मिनेटमा निर्मला उपाध्यायले पुलिसका लागि गोलको खाता खोलिन् । निरुले ५७ र ६० औं मिनेटमा गोल गरिन् ।

यो जितपछि पुलिसको आठ खेलबाट ११ अंक भएको छ र चौथो स्थानमा छ । दिनको पहिलो खेमला आर्मीले १० खेलाडीमा सीमित वालिङलाई २–० ले पराजित गर्‍यो ।

त्यसमा शर्मिला थापा र विमला चौधरीले एक/एक गोल गरिन् । यो जितपछि आर्मी आठ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ । वालिङको भने आठ खेलबाट ११ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.