राष्ट्रिय महिला लिग : चन्द्रपुरले चौदण्डीगढीलाई २–१ गोल अन्तरले हरायो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । राष्ट्रिय महिला लिग फूटबलमा चन्द्रपुर नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा चन्द्रपुरले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी राना मगरले गोल गरे ।

पहिलो हाफको थप गरिएको समयमा रजनीले चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा दिल कुमारीले अग्रता दोब्बर बनाइन् । त्यसको दुई मिनेट पछिनै मनिता तामाङको गोलबाट चौदण्डीगढी खेलमा फर्किने प्रयास गर्‍यो । तर सकेन ।

चन्द्रपुर ११ खेलबाट ९ अंकसहित छैटौं स्थानमा छ । प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढीले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

भोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय महिला लिग फूटबलमा भोलि नै उपाधि छिनोफानो हुने सम्भावना रहेको छ । एपीएफले जीत निकाले एक खेल अघि नै उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.