राष्ट्रिय महिला लिगः दोस्रो चरणको खेल तालिका सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10
काठमाडौं  । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो।
दोस्रो चरणको खेल माघ २४ गतेदेखिसुरु हुनेछ। २४ गते एक खेल मात्रै हुनेछ।  तालिकाअनुसार दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै, २५ गते भने दुई खेल हुनेछ । मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकासँग एन्फा कम्प्लेक्सको खेल मैदानमा खेल्नेछ।
खेल दिउँसो १२ बजे सुरु हुनेछ। त्यस्तै, २५ गते नै हुने अर्को खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछ।२६ गते हुने एक खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ। महिला राष्ट्रिय लिगको अन्तिम खेल मात्रै दशरथ रंगशालामा हुनेछ। 
यसअघि ओपनिङ खेल पनि रंगशालामा भएको थियो।महिला लिगको पहिलो चरणका खेलहरु सकिँदासम्म शीर्ष स्थानमा विभागीय क्लब एपिएफ रहेको छ। एपिएफको ६ खेलबाट शतप्रतिशत जितसहित १८ अंक छ। लिगको दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलमध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरीसहित १३ अंक छ।

लिगको तेस्रो स्थानमा रहेको विराटनगर महानगरपालिकाको ६ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरीसहित १० अंक छ। लिगको चौंथो सथानमा रहेको नेपाल पुलिस क्लबको ६ खेलबाट दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरीसहित आठ अंक हुँदा पाँचौं स्थानमा रहेको वालिङ नगरपालिकाको पनि समान आठ अंक नै छ।

उसले ६ खेलमध्ये दुई खेलमा जित, दुई खेलमा बराबरी र दुई खेलमा हार ब्यहोरेको छ। लिग पाँचौं स्थानमा रहेको चन्द्रपुरले ६ खेलमध्ये एक खेलमा मात्रै जित निकाल्दै तीन अंक बटुलेको छ। ६ खेलमा सबै खेल हारेको चौदण्डीगढी नगरपालिका भने अंकविहीन हुँदै लिगको पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.