पाल्पा, १४ माघ | नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल एजेण्ट नाटा प्रदेश नम्वर १ र लुम्बिनी प्रदेशकाे नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल नाटा पाल्पा च्याप्टरबीच बुधबार अन्तरक्रिया भएकाे छ ।
अन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समिति प्रदेश नम्वर १ काे टाेलीसँग अन्तरक्रिया गर्दैं दुवै प्रदेशका पर्यटन र हाेटल व्यवसायीहरूले अाेरालाे लागेकाे व्यवसायलाई पुरानाे लयमा फर्काउन सहमति भएका छन् ।
समितिका संयाेजक भबिशकुमार श्रेष्ठले अब लुम्बिनी प्रदेशका अन्तरिक पर्यटकलाई १ नम्वर प्रदेशका धार्मिक एवम् अन्य पर्यटकियक्षेत्रमा भ्रमणकालागि पठाईदिन अाग्रह गर्नुभयाे । उहाँले अब हरेक व्यबसायीहरूलाई एकअापसमा मिलेर अघि बढ्न सुझाव दिनुभयाे ।
१ नम्वर प्रदेशमा धार्मिक,साँस्कृतिकलगायतका पर्यटकिय स्थल रहेकाले लुम्बिनी प्रदेशबासीलाई भ्रमणका लागि अाउन निम्ताे समेत दिनुभयाे ।
नाटा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले अभियानका बारेमा जानकारी गराउनुभयाे । उहाँले लुम्बिनी प्रदेशका पर्यटकिय स्थलकाे प्रवर्द्धनमा नाटा १ नम्वर प्रदेशले साथ सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाल हाेटल एशाेसिएसन हानका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नाटा १ का उपाध्यक्ष ऋषि तिम्सिना, महासचिव नविन खरेल, सदस्य ज्ञानमणि नेपाल, गाेपालप्रसाद अाचार्य, हाेटल व्यवसायी संघ ईटहरीका अध्यक्ष जीवन पराजुली, हाेटल व्यवसायी प्रमेश श्रेष्ठ , पर्यटन व्यवसायी बासुदेव बराल,नेपाल पर्यटन बाेर्डका अधिकृत प्रेमप्रसाद भट्टराईलगायतले अा अाफ्नाे विचार राख्नुभएकाे थियाे ।उहाँहरूले काेभिडलगायत अन्य कारणले व्यवसाय धराशायी भएकै कारण धेरै व्यवसायी पलायन भएकाे दुःखेसाे व्यक्त गर्नुभयाे ।
पाल्पा च्याप्टरका पदाधिकारीले अब हरेक व्यवसायीहरू मिलेर पर्यटन प्रवर्द्धन गर्न अावश्यक रहेकाे बताउनुभयाे ।