अदालतको निर्णय कुरेर अगाडि बढ्ने एमाले संसदीय दलको निर्णय, राजीनामा हल्ला मात्रै

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, काठमाण्डौं : लुम्बिनी प्रदेश सरकारले अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व अदालतको निर्णय कुर्ने जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री वैजनाथ चौधरीले बुधवार बिहान मन्त्रिपरिषदको बैठक बसेको तर अविश्वासको प्रस्तावमा नभई पुरानै एजेण्डामा बिभिन्न चार/पाँच वटा निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज साढे १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिईने मन्त्री चौधरीले बताए ।

त्यस्तै आज बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको निर्णय कुरेर अगाडि बढ्ने निर्णय गरेको छ । ‘संभवत आजै १२ बजेसम्म अदालतको निर्णय आउँछ, त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय हुन्छ’ मन्त्री चौधरीले भने ।

राजीनामा हल्ला मात्रै

अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन चौतर्फि दबाब परेको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको मन्त्री चौधरीले स्पष्ट पारे ।

‘अदालतको निर्णय कुरेर बसेका छौं, त्यसपछि जे निर्णय आउँछ, त्यही अनुसार अगाडि बढ्छौं’ मन्त्री चौधरीले भने, ‘अदालतले सरकारको पक्षमा निर्णय गरेन भने त्यसपछि के गर्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.