९ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असार, चितवन : पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ।

नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.