सप्तकोशी नदीमा आएको बाढीले श्रीलङ्का टापुमा कटान तीव्र

A notice in Nepali from Mechinagar Ward No. 10

३० साउन, सुनसरी : सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो ।

कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ । अहिले एक किलोमिटरभन्दा बढी क्षेत्र कटान भइसकेको छ । कटानको जोखिममा परेको वराहक्षेत्र–९, गरैयाटोलका विश्वनाथ उराउ परिवारलाई सारिएको चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार अजवलाल उराउ, कालु उराउ, रामचन्द्र उराउ, नुनु उराउ, रिजाल उराउ र दुखी तत्माको घर पनि जोखिममा परेका छन् । चिलैया र गरैया क्षेत्रमा कोशीले कटान गरिरहेको छ ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुखसहितको टोली कटान क्षेत्रमा पुगेको छ । नगर प्रमुख कार्कीले स्थानीयसँग कटानको अवस्था र सुरक्षित स्थानबारे छलफल गरेको जानकारी दिनुभयो ।(गोरखापत्र अनलाइन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.