आजको मौसम : तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा पानी पर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

३० साउन, काठमाडौँ  : देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । बिहानैबाट केही क्षेत्रमा वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ ।

हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.