विश्व हिन्दू परिषद नेपालका कार्यकर्ताद्वारा डा. बाबुराम भट्टराईको पुत्ला दहन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं। विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषदले राजविराज, विरगंज जस्ता देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा.भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको छ । विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ । त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको देखिन्छ ।
हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विहिप नेपाल हार्दिक अपिल गर्दछ – प्रदर्शनका क्रममा सहभागी परिषदका अधिकारीले वक्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.