कोशी प्रदेश सरकाले गर्‍यो आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक पारित

कोशी प्रदेश सरकाले गर्‍यो आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक पारित
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ ।

प्रदेशसभाको आइतबारको बैठकले आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले पेश गरेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा भदौ २२ गते गठन भएको सरकारले जारी गरेको अध्यादेश प्रतिस्थापन विधेयक पारित भएको हो ।

त्यसअघि जेठ ३२ गते कार्की नेतृत्वको सरकारले नै ल्याएको अध्यादेश त्यसपछि बनेको उद्धब थापा नेतृत्वको सरकारले प्रतिस्थापन गर्न नपाई निष्क्रिय भएपछि पुनः बनेको कार्की नेतृत्वको सरकारले अध्यादेश जारी गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.