झापा १ मा आयोगको निर्देशन उम्मेद्वारले मानेनन्

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, मेचीनगर : निर्वाचन आयोगको निर्देशनलाई झापा निर्वाचन क्षेत्र नम्बर १ का अधिकाँश दल र स्वतन्त्र उम्मेद्वारले अवज्ञा गरेका छन् । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न दलहरूलाई आयोगले निर्देशन गरेको थियो ।
तर, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट छ जनाले मात्र चुनावी घोषणापत्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगर, नगरपालिका झापाले जनाएको छ । कार्यालयका अनुसार नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले), श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उज्यालो नेपाल पार्टी , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मात्र चुनावी घोषणापत्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति मार्फत २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा फागुन ३ गतेसम्म चुनावी घोषणापत्र पेस गर्नुपर्ने जनाएका थिए ।
विज्ञप्तिमा भनिएको थियो, ‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ तर दलहरुले आयोगको निर्देशन नमानेको निर्वाचन अधिकृत गोपी विश्वकर्माले बताए । ‘हामीले टेलिफोन सम्पर्कमार्फत दल र स्वतन्त्र उम्मेद्वारलाई फागुन ३ गतेभित्र घोषणा पत्र पेश गर्न आग्रह गरिरहेका छौ ’ निर्वाचन अधिकृत विकले भने, ‘अहिलेसम्म छ वटा दलकोमात्र घोषणा पत्र कार्यालयमा दर्ता भएको छ । हामीले घोषणा पत्र पेश गर्न आग्रह गरीरहेका छौ । हाम्रो ताकेता जारी छ । ’
प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले)को तर्फबाट रामचन्द्र उप्रेती, नेपाली काँग्रेसबाट केशवराज पाण्डे,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट अशेष घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हेमराज कार्की, श्रम संस्कृति पार्टीबाट केवलराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टीबाट हिरण्य प्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु करुवा जनता समाजवादी पार्टीबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर साँवा लिम्बु र नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशीले उम्मेद्वारी दर्ता गराएका छन् । दलहरू गणेशप्रसाद खरेल र दुर्गाप्रसाद सावाँ लिम्बु स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.