क्षेत्र नम्बर १ मा एमालेको निर्वाचन सम्पर्क कार्यालय धमाधम सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

२० माघ, मेचीनगर : आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ का झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मेचीनगर नगरपालिका ८ र ९ नम्वर वडामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्य चिन्हका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूलाई विजय गराउन मंगलबार दुईवटा निर्वाचन प्रचार प्रसारको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ८ र ९ नम्बर वडा कमिटीले आयोजना गरेको दुई अलग अलग कार्यक्रमकाबीच निर्वाचन परिचालन कमिटी संयोजक, पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य रविन कोइरालाले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ८ नम्वर वडा कमिटीले आयोजना गरेको कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेद्वार रामचन्द्र उप्रेती समानुपातिकतर्फका उम्मेदवार लता प्रसाईंसहित निर्वाचन परिचालन कमिटी संयोजक रविन कोइराला,पार्टीका कोशी प्रदेश सदस्यहरू देवकुमार राईसहित जिल्ला, क्षेत्रीय, नगरस्तरका नेता कार्यकर्ता र जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यालय मेचीनगर –८ को प्रतिभा चोकम रहेको पार्टीका सल्लाहकार परिषद सदस्य चित्रकुमार धिमालले बताए ।
पार्टीका वडा कमिटी अध्यक्ष मिलन विकले कार्यक्रमको अध्यक्षता गर्दैं स्वागतसहित कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारेका थिए । विस्तारित वैठकको सहजीकरण सचिव रेवन्त अर्जुन पोख्रेलले गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) कानून विभाग भापा जिल्ला कमिटी सदस्य कुन्दन निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार सोहि अवसरमा द्रोणप्रसाद खनाल संयोजक र लालबहादु थामी सहसंयोजक रहेको २५१ सदस्य वडा निर्वाचन परिचालन कमिटी, विकेन्द्रकुमार धिमाल संयोजक रहेको सात सदस्यीय अनुगमन कमिटी , सन्तोष मेचे संयोजक रहेको आर्थिक कमिटी साथै अग्निप्रसाद घिमिरे संयोजक रहेको १५ सदस्यीय मत सर्वेक्षण कमिटी गठन भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि खगेन्द्र पुरी ओैपचारिकरूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन् । प्रमुख अतिथि पार्टीका पूर्व केन्द्रीय सदस्य रविन कोइरालासहित दुवैजना उम्मेद्वारले उनलाई अविर टीका र खादा पहिर्याएर पार्टी प्रवेश गराएका थिए । उद्घाटनमा प्रमुख अतिथि कोइराला, प्रत्यक्षतर्फका उम्मेद्वार रामचन्द्र उप्रेती, समानुपातिकतर्फका उम्म्ेद्वार लता प्रसाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्कीलगायतले बोलेका थिए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)–९ नम्वर वडा कमिटीले आयोजना गरेको कार्यक्रममा खुट्टीडाँगीमा कार्यालयको उद्घाटन गरिएको थियो । वडा कमिटी अध्यक्ष राजन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटी सदस्य गोपालचन्द्र बुढाथोकी, प्रत्यक्षतर्फका उम्मेद्वार रामचन्द्र उप्रेती, समानुपातिकतर्फका उम्मेद्वार लता प्रसाईलगायतले बोलेको कार्यक्रममा कलाकारहरुले गीत प्रस्तुत गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर कमिटीका उपसचिव राजु धिमालले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर – ९ नम्बर वडा कमिटीका सहसचिव हिमा कट्टेलले शब्दमार्फत स्वागत गरेकी थिईन् ।
यसअघि झापाको मेचीनगरको ११, १२, १३, र १५ बुद्धशान्ति गाउँपालिका विभिन्न वडासहित भद्रपुर नगपालिकाको ९ र १० नम्बर वडामा कार्यकर्ता भेटघाटसहित विभिन्न समिति गठन भइसकेको पार्टीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.