१९ कात्तिक, मेचीनगर : एमालेबाट विद्रोह गरेको नेकपा‐एकीकृत) समाजवादी विभाजित भएको छ । माओवादीसँग एकतामा विमति राखेका यो पार्टीका एकजना केन्द्रीय सदस्यले अब नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले)ले आफ्नो मार्गदर्शक सिद्धान्त अनुसार चले पुनः एमालेमा फर्कन सक्ने संकेत गरेका छन् ।
नेकपा‐एकीकृत)समाजवादीका केन्द्रीय सदस्य नीलमणि वरालले अब एमालेले माक्र्सवाद–लेनिनवादलाई मात्र आफ्नो मार्गदर्शक सिद्धान्त मान्नुपर्ने बताउँदैं जबज (जनताको बहुदलीय जनवाद) आदि पुच्छर राख्ने काम गर्न नहुने प्रतिक्रिया दिएका छन् । केन्द्रीय सदस्य वरालले एमाले फर्कन तयार रहेको तर, दुईवटा वैचारिक सर्त अघि सारेका छन् । उनले केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै एमालेमा पुस्तान्तरणको आवश्यकता औंल्याए । ‘एमालेले जबज (जनताको बहुदलीय जनवाद) अहिले पनि मार्गदर्शक सिद्धान्त मान्दैं आएको छ’ नेता वरालले भने,‘नीतिमा समाजवाद र नेतृत्वमा पुस्तान्तरण भए एमालेमा फर्किन कुनै गाहे छैन् । ’ माधवकुमार नेपालका पछि कुनै हालतमा नकुद्ने उनको भनाई छ ।
हामी समाजवादी क्रान्तिको युगमा रहेको भन्दैं वरालले यो अवधि समाजवादी क्रान्तिको भएको हुँदा समाजवादी क्रान्तिमा अगाडि बढ्नुपर्ने धारणा राखे । ९० को दशकमा खासगरी सोभियत रुस विघटन र दक्षिण एशियामा प्रजातन्त्रको लहर आएपछि नेपालमा पनि त्यस्को प्रभाव परेको उनले बताए । नेपालमा २०४६ को अन्त्य र २०४७ सालको प्रारम्भबाटै प्रजातन्त्र आएको र त्यसको दुईबर्ष भित्र तत्कालिन माले हुँदै एमालेले पाचौं महाधिवेशन गरेको केन्द्रीय सदस्य वरालले स्मण गराए ।
‘त्यो बेला मदनकुमार भण्डारीले कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थामा रहेकोले प्रतिस्पर्धाबाट पनि श्रेष्ठता हासिल गर्न सकिन्छ र प्रगतिशील सुधारका कामहरु गरेर सरकारमा पुग्न सकिन्छ साथै सरकार बनाउन नसक्दा रचनात्मक प्रमुख प्रतिपक्षको भुमिका खेल्न सकिन्छ भन्ने हेतुले जनताको बहुदलीय जनबादको कार्यक्रम ल्याए ’ उनले भने, आज ३३ बर्ष भयो संसारमा यति धेरै परिवर्तन भएर नेपालमा पनि ०६२÷०६३ को जनवादी क्रान्ति सम्पन्न भएको २० बर्ष भईसक्यो । अहिले सम्म जबज (जनताको बहुदलीय जनवाद) छोडने मात्र हैन समिक्षा गर्न पनि ओली नेतृत्व र एमाले तयार छैन् । जबज लाई अहिले पनि मार्गदर्शक सिद्धान्त मान्छ त्यस्कारण नीतिमा समाजबाद र नेतृत्वमा पुस्तान्तरण नभए सम्म अहिलेको एमालेमा जान सकिदैन् ।’

























