एमालेभित्र खैलाबैला: नेतृत्वको ‘वाम एकता’ रटानमाथि गोकुल बाँस्कोटाको तिखो प्रहार, भने– ‘फुटेको हाँडी जोड्ने लालसायुक्त रोग’

A notice in Nepali from Mechinagar Ward No. 10
Close-up of Gokul Baskota, a middle-aged Nepali man with short gray hair, wearing a light blue collared shirt, speaking into a black microphone with a red ring, in a well-lit room with a blurred pink background.

काठमाडौँ । नेकपा (एमाले) भित्र ‘वामपन्थी एकता’ को विषयलाई लिएर आन्तरिक विवाद र मतभेद सतहमा आएको छ। एमालेका शीर्ष नेताहरूले कम्युनिस्ट एकताको वकालत गरिरहेका बेला एमाले नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नै पार्टी नेतृत्वको कडा र तिखो आलोचना गर्नुभएको हो।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले वामपन्थी एकताको प्रयासलाई “पटक-पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त रोग” को संज्ञा दिनुभएको छ। उहाँले नेतृत्वले आफ्नो असफलता लुकाउन र शक्तिमा टिकिरहनका लागि मात्र ‘वाम एकता’ को भुत्ते हतियार प्रदर्शन गरिरहेको गम्भीर आरोप समेत लगाउनुभयो।

‘गल्ती भो भन्न सक्छौ?’ बाँस्कोटाको प्रश्न
नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका बाँस्कोटाले पार्टीमा वास्तविक सुधार र शक्ति आर्जन गर्न खोजिएको हो भने विगतमा पार्टी फुटाएर गल्ती गरिएछ भनी स्वीकार गर्न चुनौती दिनुभएको छ। उहाँले नेतृत्वको नियतमाथि प्रश्न उठाउँदै सोध्नुभएको छ, “सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन्न सक्छौ? अनि आफू पद र शक्ति छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?”

मदन जयन्तीको भोलिपल्टै मतभेद सतहमा
आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका वामपन्थी शीर्ष नेताहरूले देशमा बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि वामएकता अपरिहार्य रहेको धारणा राख्नुभएको थियो।

तर, अध्यक्ष ओलीको यो रणनीतिक लाइनप्रति एमालेभित्रै असन्तुष्टि चुलिएको छ। हिजो आइतबार नै एमाले महासचिव शङ्कर पोखरेलले समेत तत्कालै वामएकता गर्ने नेतृत्वको भनाइप्रति असहमति र आपत्ति जनाउनुभएको थियो भने आज सोमबार नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नेतृत्वको कार्यशैलीमाथि सिधै धावा बोलेपछि एमालेभित्रको वैचारिक मतभेद थप गहिरिएको सङ्केत मिलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.