असोक सुब्बा राप्रपा क्षेत्रीय अध्यक्षमा सर्वसम्मत

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ११ चैत । राप्रपा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले अध्यक्षमा असोक सुब्बालाई सर्वसम्मत चयन गरेको छ ।

बुधबार मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले अध्यक्षमा सुब्बालाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष सुब्बाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यसैगरी भेलाले क्षेत्र ‘क’ को अध्यक्षमा कल्याण खड्का र क्षेत्र ‘ख’ को अध्यक्षमा दिपेश राई (गोरे भाइ) लाई चयन गरेको छ ।

क्षेत्रगत रुपमा क्षेत्र ‘क’ र क्षेत्र ‘ख’ को समिति पनि २१ सदस्यीय रहने पार्टीले जनाएको छ । राप्रपाले पार्टी एकतासँगै संगठन विस्तारलाई तीव्रता दिन थालेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य कल्याणध्वज कार्कीले राप्रपा पार्टी एकतापछि सशक्त रुपमा संगठन विस्तारमा जुटेको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य माया गुरुड, प्रदेश सदस्य कल्याण खड्का, जिल्ला सदस्य शारदा पराजुली, लोकनाथ लामिछाने, मेचीनगर अध्यक्ष सविना बजगाई, क्षेत्र नम्बर १ को महिला संगठन अध्यक्ष अस्मिता खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.