सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । नेपाली काँग्रेस सम्बद्ध नेपाल तरुण दलका कार्यकर्ताबिच शनिबार दिउँसो इटहरी चोकमा झडप भएको छ । झडपमा कम्तिमा ६ जना घाइते भएको बताइएको छ ।

सरकारको विरोध गर्दै इटहरी चोकमा गरिएको र्याली पछि कोण सभा चलिरहेकै बेलामा दुई पक्ष बिच झडप भएको हो । तरुण दलभित्रको मनोनयन र मनोनयन खारेजीका कारण विवाद चर्केर झडप भएको बताइएको छ ।

 

तरुण दल इटहरी समितिले मनोज लिम्बुलाई नगर उपाध्यक्षमा मनोनयन गरेको थियो । नगर अध्यक्ष विष्णु खत्रीले मनोनयन गरी जिल्ला समितिलाई पत्राचार गरेका थिए । तर लिम्बुको मनोनयन जिल्ला समितिले खारेज गरेको थियो । लिम्बु पूर्णकालिन सदस्य नभएको भन्दै जिल्ला समितिले खारेज गरेपछि विवाद चर्किएको बताइएको छ ।

हानाहान हुन थालेपछि प्रहरीले छुट्याएको थियो । घाइतेहरुको स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

आफ्नो पक्षका दुई जना र लिम्बु पक्षका ४ जना युवाहरु घाइते भएको गुरुङले बताए । गुरुङका अनुसार नेविसंघका पुर्व जिल्ला सभापति विकास केसीले लिम्बुलाई उचालेर आक्रमण गराएको आरोप लगाए । ‘तरुण दलको बढ्दो सक्रियतालाई विकास केसीले हेर्न नसकेर घुसपैठ गराएर संगठनलाई बद्नाम गर्ने प्रयास गरेको हो,’ गुरुङले भने, ‘अर्को निर्वाचत क्षेत्रमा हुनुपर्ने लिम्बुलाई इटहरी चोकको कार्यक्रममा बोलाएर शान्तीपूर्ण कार्यक्रम विथोल्ने प्रयास गरिएको हो ।’

उता केसीले भने आफू संलग्न नभएको र पुष्टि भए जस्तोसुकै कारवाही भोग्ने बताएका छन् । उनले पार्टी संगठनलाई बद्नाम गर्ने गुरुङ र लिम्बुलाई कारवाही गर्नुपर्ने समेत माग गरे । उनले मनोनयन खारेज गर्नु उचित नभएको पनि बताए ।

( साभार :न्युजलय)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.