सुंगुरकै पाठापाठी विक्री गरेरै सुकुम्बासीबाट मालिक बनेका सन्तोष

३ असोज, मेचीनगर  :  झापा मेचीनगर— ८ का सन्तोष मेचेको कुनै समय हरेक वडावासीका घर घरमा उनीहरुका दुःख सुख र अप्ठयारोमा साथ सहयोगमै वित्ने गरेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा झापा मेचीनगर नगरपालिका वडा नम्बर—८ बाट वडा सदस्यमा निर्वाचित भएपछि उनको अधिकाँश समय वडावासीकै समस्याहरुको दीर्घकालीन समाधान खोज्दैंंमा वित्यो ।

तर, पछिल्लो केहीवर्षयतादेखि उनको दैनिकी नै फेरिएको छ । विभिन्न गाउँ —गाउँ जाने सुंगुरका पाठापाठी संकलन ‐खरिद) गर्ने र त्यसलाई झापाका विभिन्न हाटबजारमा पुर्याएर विक्री गर्नु नै सन्तोषको आजको दैनिकी बनेको छ । हुनतः उनले यो व्यवसाय शुरु गरेको २४ वर्ष भयो । २०७४ को स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधि बनेपछि यो व्यवसायमा खासै पर्याप्त समय दिन सकेका थिएनन् । आफ्नो कार्यकाल सकिएपछि अहिले उनको अधिकाँश समय गाउँमा गएर सुंगुरका पाठापाठी खरीद गरेर झापा जिल्लामा लाग्ने साप्ताहिक हाटमा पुर्याएर विक्री गरी त्यसबाट आएको आम्दानीबाट घर खर्च चलाउनु पहिलो र मुख्यः व्यवसाय बनेको बताउँछन् ।

मेचेले व्यावसायिक सुंगुर बंगुरपालन त गरेका छैनन् । तर, उनको कारोवार व्यवसायिक सुंगुर बंगुरपालेको कृषकको भन्दा कम छैन् । शुरुमा गाउँमा पर्याप्त सुंगुरका पाठापाठी नपाउँदा हाटबजारमै गएर खरीद गदैं विक्री गर्दथे । पछिल्लो समय झापालगयात अन्य जिल्लाका ग्रामीणक्षेत्रमा गएर स्थानीय कृषकले पालेका सुंगुरबाट जन्मेका पाठापाठी खरीद गरेर हाट पुर्याउने गरेको उनले बताए । झापाको बुद्धशान्ति गाउँपालिका र मेचीनगरका विभिन्न वडा वडामा पुगेर किसानले पालेका यस्ता पाठापाठी उनले खरीद गर्ने गरेका छन् । ‘म खासगरी बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिका वडानम्बर —५ मा पुगेर स्थानीयले कृषक पालेका सुंगुरका पाठापाठी खरीद गर्दछु,’ उनले भने—‘त्यसपछिमात्र हाटबजार पुगेर खरीद गर्छु ।’ झापाको धुलावारी, बुधबारे, बाहुनडाँगी, खुदुनावारी, शनिश्चरे, दमकलगायतका हाटबजारसम्म सुंगुरका पाठापाठी लिएर पुग्ने गरेका छन् ।

गाउँमा किसानबाट प्रतिगोटा पाँचदेखि सात हजार रुपैयाँसम्ममा खरीद गर्ने र बजार पुर्याएर छ देखि आठहजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले बताए । अधिकाँशले पाल्नका लागि सुंगुरका पाठापाठी लैजाने गरेको र यो व्यापार १२ महिना हुने उनले बताए ।

‘एक हाटमा १५ देखि २० वटा सुंगुरका पाठापाठी विक्री गर्ने गरेको छु ।’ सन्तोषले भने, ‘हप्तामा चारदेखि पाँच लाख रुपैयाँसम्मको कारोवार हुन्छ ।’ सवै खर्च कटाएर औसतमा मासिक ४० देखि ५० हजार रुपैयाँ रूपैयाँ आम्दानी हुने गरेको उनले बताए । मंगलबारबाहेक हरेक दिन उनी प्रत्येक हाटबजारमा सुंगुरका पाठापाठी लिएर पुग्ने गरेका छन् । यसबाट मनग्ये आम्दानी हुने भएकाले घरबार चलाउन कुनै समस्या नभएको सन्तोषको भनाई छ ।

यहि व्यवसायबाट गरेको कमाइले उनले गाउँमा अन्य व्यवसायमा लगानी समेत गरेका छन् । कुनै बेला एक कठ्ठ ऐलानी जग्गामा सामान्य झुप्रो हालेर बसेका सन्तोषले सुंगुरका पाठापाठीकै खरिद विक्री बाट कमाएको रकमले अहिले नौ कठ्ठा जोडेका छन् । एउटा आरसीसी घर समेत निर्माण गरेको बताए । घरमा एउटा पसल समेत सञ्चालन गरेका छन् । ‘जसबाट घरपरिवारका सदस्यले काम पाए।’ उनले थपे । यो व्यवसायबाट आम्दानी पनि राम्रै हुन थालेको उनले बताउँदैं यो व्यवसायबाट आफु खुशी रहेको बताए । तीन छोरी र एक भाइ छोरा छन् । सवैलाई राम्रोसँग पढाएँ, लेखाएँ । यसैको कमाइबाट एउटी छोरीलाई १२ कक्षा पढाए । एकजना छोरा सहित अन्य तीनजना क्रमस कक्षा ९, ६ र २ मा अध्ययनरत छन् । यसैको कमाइबाट एउटा सहकारीमा शेयर समेत खरिद गरेका छन् । त्यही शेयर सदस्य बने पछि उनी स्थानीय दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्ष समेत बनेका छन् ।

सुंगुरका पाठापाठी हुर्काएर बेच्न उमेर पुग्न झन्डै दुई महिना लाग्छ । कृषकले भने,एउटा पाठा वा पाठी छ देखि सात हजार रूपैयाँमा बिक्री गर्ने गरेका छन् । गाउँ गाउँमा गएर आफूले ती वस्तु खरिद गरिदिएपछि कृषकलाई समेत निक्कै राहत महशुस गरेको उनको भनाई छ । नत्र कृषकले ती पाठापाठी विक्री गर्न निक्कै टाढा टाढा लाग्ने साप्ताहिक हाटबजार पुग्नु पर्ने बँध्यता रहेको उनले बताए । सुंगुरको माउले १५ महिनामा तीनपटक पाठापाठी पाउँछ । एकपटकमा एउटा माउले कम्तीमा ८ देखि १२ वटासम्म बच्चा जन्माउँछ । गाउँका कृषकका अहिले भने पाठापाठी नै सोझै बुक हुन थालेका छन् । गाउँ वा हाटबजारबाट खरिद गरेका सुंगुरका पाठापाठी बिक्री गर्न उनलाई कुनै समस्या छैन । स्वदेशाबट मात्र होइन विदेशबाट समेत सन्तोषसँग अडर आउने गरेको बताए ।

विगतमा भोगेका संघर्ष र अभावका दिन धेरै सम्झिन्छन सन्तोष । अहिले अप्ठेरोमा अरूलाई सघाउने भएका छन् । उनी । जेनतेन जीविकोपार्जन गरिरहेको समयमा यो व्यवसाय उनका लागि बलियो आम्दानीको स्रोत बनेको छ । सुरुमा निकै दुःखका साथ काम गरेको थिएँ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.