संविधान दिवस : मेचीनगरमा नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त मौन जुलुस र कोेणसभा

३ असोज, मेचीनगर  : संविधान दिवस, २०८२ का अवसरमा नेपालको सुदूरपूर्वको मेचीनगरमा शुक्रबार मौन र्याली तथा कोणसभा सम्पन्न भएको छ । नेपाल कम्यूनिष्ट पार्टी [एमाले] र नेपाली काँग्रेसले ‘संविधानसभाबाट जारी संविधानको रक्षा गर्दै जनताको हक अधिकार अझै बलियो बनाउन सबै नेपाल एक जुट हौ’ भन्ने नाराका साथ संविधानको रक्षा गरौ र लोकतन्त्र जिन्दावाद भन्दैं संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए ।

शुक्रबार अपरान्ह ३ बजे मेचीनगर -६ काँकरभिट्टाको लक्ष्मीनारायण मन्दिर परिसरबाट संविधानको रक्षा गरौँ, लोकतन्त्र जिन्दावादको व्यानरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका सहभागीहरुले मौन जुलुससहित बसपार्क, पुरानो सुपारी लाईन, बाहुडाँगी रोडसहित काँकरभिट्टा बजारको परिक्रमा पछि पुनः लक्ष्मीनारायण मन्दिर परिसरमा पुगेर संक्षिप्त कोणसभामा परिणत भएको थियो । राष्ट्रिय गीत र शहीदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम शुरु भएको थियो ।

 

कोणसभालाई सम्बोधन गदैं संविधान सभा सदस्य एवम् नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) केन्द्रीय सदस्य रविन कोइरालाले जेनजी पुस्ताले गरेको सामाजिक सञ्जाल, भ्रष्टाचार र सुशासनको आन्दोलन जायज रहेको बताए । जेनजीको आन्दोलनमा अराजकतत्वहरुको घुसपैठबाट भएका सार्वजनिक तथा नीजि सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटको तत्काल छानविन गर्न सरकारसँग माग गरे । यदि यो सरकारले अराजक समूहलाई जोगाउन लाग्छ भने त्यसको विरुद्ध हामी सबै एकजुट भएर लाग्नुपर्ने कोइरालाको भनाई छ । धेरै शहीदहरुको बलिदानबाट आएको संविधानको रक्षा गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सामज सेवा गर्नु गलत हो, हो भने वैद्धताको हिसावले लोकतन्त्रमा त्यसको हिसाव किताव हुने बताए । उनले भने–‘जेनजीको नाममा घुसपैठ भएको छ । सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, सरकारी र नीजि सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु ठिक नभएको उनको भनाई थियो । यसको यथासक्य छिटो छानविन हुनुपर्ने, आफूहरु कानुनी राज्य मान्ने र संविधानमाथि कसैले पनि कसैले खेलवाड पनि गर्न नहुने उनको तर्क थियो ।

कार्यक्रममा दुवै दलका केन्दीयदेखि वडा, टोलसम्मका नेता कार्यकर्ता तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु सहभागी थिए । नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) झापा जिल्ला कमिटी सदस्य खेमराज [राजु ]पोखरेलले गरेका थिए ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । २०६४ सालमा निर्वाचित संविधानसभा असफल भएपछि २०७० सालमा मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.