भोला श्रेष्ठ
३ असोज, धरान : हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५दले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता पुष ९ र १० गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।
धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
स्कुलले शुक्रवार ‐आज)पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।
विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिए । विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको र यस पटक भने दायरा फराकिलो वनाउदै खुल्ला रुपमा गर्न लागेको सल्लाहकार झाले वताए ।
प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने झाको रहेको छ । खरीदार लेवलको सिलेवलको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झाले दावी गरे ।
झाका अनुसार यस पटक खुल्ला प्रतियोगिताको आयोजना गरीएको हुदा यस पटक पहिलो चरणमा १सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र कायम गरीने छ । पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन ।
यस वर्ष प्रतियोगिता सञ्चालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए । समितिमा सहसंयोजक विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई र प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिएको निर्देशक राईले वताए ।
प्रतियोगितामा एकसय ५० भन्दा वढी विद्यालयले सहभागिता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धि गरिएको छ । प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् । त्यस्तै चौथो हुने टिमले छ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने छ , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद दुई हजार रुपैयाँ र प्रमाण–पत्र प्राप्त गर्नेछ ।
पहिलो चरणमा छनौट हुने शीर्षस्थानका छ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो । गत वर्षको विजेता भने हिविस्कस स्कुल वनेको थियो ।