मेचीनगरमा एमालेको मोटरसाईकल र्याली : जेन —जी समूहका माग एमालेले मात्र सम्बोधन गर्ने

२५ कात्तिक, मेचीनगर :  संसद विघटन विरुद्ध नेपाल कम्यूनिष्ट पार्टी एमालेले मंगलबार देशभरका सात सय ५३ वटै पालिकाका प्रदर्शन गरेको छ । यसैक्रममा ‘जेनेरेशन जेड’ जेन—जी विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर, नगरकमिटीले पहिलो पटक असंवैधानिक अन्तरिम सरकारको खारेजी र संसद् पुनःस्थापनाको जोडदार मागसहित वृहद सद्भाव मोटरसाइकल र्याली र पालिका स्तरीय कोणसभाको सम्पन्न गरेको छ ।

झापा मेचीनगर—१० धुलावारीमोडबाट विहान ११ बजे नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य मीना पोख्रेल उप्रेतीले प्रमुख आतिथ्यता ग्रहण गदैं मोटरसाइकल र्यालीको शुभारम्भ गरेकी थिईन् । त्यसपछि नेकपा एमाले जिन्दावाद, असंवैधानिक अन्तरिम सरकार खारेजी गर, संसद पुनस्थापना गर, दोषीलाई कारवाही गर, वीर शहीद अमर रहुनलगायतका नारावाजीसहित संयौंको संख्यामा शुरु भएको र्याली धुलावारी बजारहुँदैं मेचीनगर नगरपालिकाको वडा नम्बर ११, १२, १३ लगायत अन्य वडाका विभिन्न स्थानको परिक्रमा गदैं मेचीनगर—१३ चारआली चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई पार्टीका युवा र जेन—जी उमेर समूहका युवा नेताहरुले सम्बोधन गरेका थिए । कोणसभामा बोल्ने अधिकाँश वक्ताहरुले नेकपा एमाले संविधानमार्फत सवै काम हुनुपर्छ भन्ने र व्यक्तिको नभएर विधिको शासन मान्ने भएकाले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएकाले तत्काल खारेजी गर्नुपर्ने र संसद्को पुनःस्थापनाको माग गरेका थिए ।

जेन—जी उमेर समूहका सवैलाई नेकपा एमालेमा आउन आग्रह गदैं उनीहरुका मागलाई सम्बोधन गर्न एमाले तयार रहेको बताए । भदौ २३ र २४ को घटना निक्कै दुःखपूर्ण रहेको भन्दैं जेन—जी समूहका जायज मागको फाइदा उठाएर अन्य समूहले फाइदा लुटेको र जेन—जीको बदनाम हुने गरी लुटपाट, आगजानी तथा सरकारी र निजी सम्पति खरानी बनाएको बताए । जेन—जी समूहका भाई बहिनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोलन हाईज्याक भयो भनेर भनिरहेको हुँदा यसमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गदैं वक्ताहरुले यदि उनीहरुले गरेको अपराधको संरक्षण गदैं जाने हो भने यसमा संलग्नहरुले प्रश्रय पाउने र आगामी दिनमा यस्ता घटना दोहोरिने भएकाले यसमा संलग्नको पहिचान गरी कारवाही गर्नुपर्ने बताए ।

शहीदहरूको बलिदान र जनआन्दोलनको जगमा संविधानसभामार्फत निर्माण भएको नेपालको संविधान २०७२ लाई निष्तेज तुल्याउने गरि सुनियोजित हत्या, हिंसा, आगजनी र आतंक सिर्जना गर्ने लगायतका अनेक खालका प्रतिगामी चलखेल र गतिविधि भइरहेको सत्यतथ्य सवैका लागि घाम झै छर्लङ भएको हुँदा जननिर्वाचित सरकारको वहिर्गमन, संसद् विघटन जेन—जी प्रदर्शनको माग नभएको, जेन–जी समूहको भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने, आर्थिक समृद्धि हासिल गर्ने लगायतका मागप्रति नेकपा एमालेको समर्थन रहेको वक्ताहरुको भनाई थियो ।

नेकपा एमाले मेचीनगर कमिटी उपाध्यक्ष एवम् युवा नेता, कञ्चनकुमार तामाङ, अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष धमला र युवा नेता दुर्गा धमलाले कोणसभालाई सम्बोधन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी ‐एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईं, हरिचरण बानियाँ र भीमबहादुर खवास, पार्टीका विभिन्न तहका नेता, पार्टीको विभिन्न जनवर्गीय संघ संगठनका प्रमुख प्रतिनिधिहरुको र्यालीमा सहभागिता रहेको थियो ।

नगरकमिटी सचिव सागर ओलीले सञ्चालन गरेको कोणसभाको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर, नगरकमिटीका अध्यक्ष राजु कार्कीले गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

‘जति तारा भए पनि एउटै सूर्य काफी ’ पूर्व मन्त्री अर्याल

२९ कात्तिक, मेचीनगर :  नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताएकी...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.