दोस्रो पटक केन्द्रीय कमिटीमा मीनाको यात्रा

४ पुस, मेचीनगरः मेचीनगर नगरपालिका वडा नम्बर– ६ काँकडभिट्टा निवासी मीना पोख्रेल उप्रेती नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी सदस्यमा दोस्रो पटक निर्वाचित भएकीछन् ।
पार्टीको १० ओैँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यको यात्रा तय गरेकी उप्रेतीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को काठमाडौमा भरखरै सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनमा भुगोलबाट कोशी प्रदेशको खुला महिला केन्द्रीय सदस्यमा उम्मेद्वारी मनोनयन गरेकी थिईन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार १७१४ मत प्राप्त गर्दैं उनले दोस्रो पटक केन्द्रीय कमिटी सदस्यमा बाजि मारेकी हुन् । कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधि ( मतदाता) रहेपनि दुई हजार दुई सय २७ जनाले मतदानमा सहभागी थिए । ३६जना महाधिवेशन प्रतिनिधि मतदान गर्न नआएको निर्वाचन समितिले जनाएको छ ।
०२५ सालमा मोरङको अमरदहमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय थिइन् । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उनीसँग अनेरास्ववियूका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।
उप्रेती ०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष थिइन् भने ०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सचिव बनेकी थिइन् । २०४६–०४७ सालको जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
०५० सालमा झापा काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग मञ्च विवाहमार्फत लग्नगाठो कसे पश्चात मेचीनगर प्रवेशसँगै उनको राजनीतिक यात्रा झनै तिखारिदै गयो । विवाह गरेकै साल उनी नेकपा एमाले काँकडभिट्टाको सदस्य भई निरन्तर रुपमा अखिल नेपाल महिला संघकी नगर अध्यक्ष भएकी थिइन् । राजनीतिक जीवनका क्रममा उनी पटक–पटक प्रहरीको गिरफ्तारीमा समेत परेकी थिइन् ।
राज्यको पुनःसंरचना पछि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोतर्फबाट विजयी भईन् । त्यस बेला नेपाली काँग्रेसका उम्मेदवार दुर्गादेवी खतिवडा उप्रेतीसँग पराजित बनिन् । स्थानीय तहमा पाँचवर्षको लामो अनुभव बटुलेसँगै २०७९ सालमा दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट पुनः उपप्रमुखको टिकट प्राप्त गरीन् । २०७९ को निर्वाचनमा नेपाली काँग्रेस र तात्कालिन नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार प्रकाश भण्डारीलाई नौहजार बढि मतले पाखा लगाएर दोस्रो पटक मेचीनगर नगरपालिकाको उपप्रमुखको पद सुरक्षित पारीन् ।
उप्रेती राजनितीमा मात्र होइन विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत उत्तिकै सक्रिय थिइन् । उनीसँग विगतमा काँकरभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति आदि सामाजिक संस्थामा आबद्ध भई काम गरेको अनुभव छ ।
सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता रहेको छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को उनी संस्थापक सञ्चालक सदस्य हुन् । चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभव समेत समेटेकी छन् । लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको बताउँने नवनिर्वाचित केन्द्रीय सदस्य उप्रेतीले नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन भव्यता साथ सम्पन्न भएको र महाधिवेशनमा सहभागी सबैलाई धन्यवाद दिदैं । महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार नभएको प्रतिक्रिया दिइएकिछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.