पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: १४६
📌 मुख्य बुँदाहरू:
- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको छ।
- नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
- आगोबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ बैंक रोडस्थित एक घरमा अचानक आगलागी भएको छ। स्थानीय महानन्द पोखरेलको घरमा बिहान आगलागी भएको हो भने आगलागीको यकिन कारण खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जीसीका अनुसार समयमै गरिएको प्रयासका कारण आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। नगरपालिकबाट खटिएको दमकल, नेपाल प्रहरीको टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

क्षतिको विवरण आउन बाँकी
आगो नियन्त्रणमा आए पनि यसबाट भएको कुल क्षतिको विवरण भने हालसम्म आउन सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


















