इटहरी । गोरु काटेको आरोपमा बराहक्षेत्रबाट दुईजना पक्राउ परेका छन् ।
गत साउन १६ गते शनिबार बराहक्षेत्र–७ बुद्धचोकमा गोरु काटेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको हो ।
स्थानीय चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।