जन्मदिनको नविन शैली: युवा व्यवसायी अजय चौधरीद्वारा पत्रकार उपचार कोषमा सहयोग

२९ फागुन, विर्तामोड : विलासितापूर्ण खर्च गरेर जन्मदिन मनाउने चलनलाई तोड्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यलाई प्राथमिकता दिएका छन्। पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा आयोजित कार्यक्रममा चौधरीले कोषको महत्वलाई आत्मसात गर्दै सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै उनले पत्रकारिताको क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई संकटमा सहयोग पुर्‍याउने हेतुले आफ्नो जन्मदिनलाई समाजसेवामा रूपान्तरण गरेको बताए।

उक्त अवसरमा उपचार कोष संयोजक भिमा शिवाकोटीले चौधरीको सहयोगलाई ईँटामाथि अर्को ईँटा थप्दै मानवीय सेवाको मार्गप्रति प्रेरणादायक कदम भएको बताए। उनले चौधरीलाई धन्यवाद दिँदै अन्य व्यवसायी तथा व्यक्तित्वहरूलाई पनि समाजसेवामा लाग्न आग्रह गरे।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदीप परियार, उपाध्यक्ष सुनिरा मैनाली, नेपाल पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरू प्रकाश बानियाँ, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाईं, गणेश कोइराला लगायतको उपस्थिति रहेको थियो।

नव निर्वाचित कार्यसमिति गठन भएपछि पत्रकार उपचार कोषमा सहयोग गर्नेहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। संयोजक शिवाकोटीले यो कार्यकालभित्र कोषलाई १५ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको बताए।

अजय चौधरीको यस्तो सकारात्मक पहलले जन्मदिनको महत्वलाई मात्र परिवर्तन गरेको छैन, सामाजिक सेवाको एउटा उत्कृष्ट उदाहरणसमेत प्रस्तुत गरेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.