३० असोज, मेचीनगर : विहीबार झापामा पानीमा डुबेर तीनजना बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार झापा जिल्ला गौरादह नगरपालिका —९ खजुरगाछीकी ९ वर्षीया स्वीकृति मगर, ७ वर्षीया सुष्मा मगर र ११ वर्षीया रोश्नी परियारको डुबेर मृत्यु भएको हो । घटना दिउँसो १ बजेतिरको हो ।
स्थानीय कृष्ण खोलामा जमेको पानीमा माछा मार्ने क्रममा उनीहरु डुबेका थिए । सँगै गएकी १० वर्षीया यूनिषा राईले तीनजना डुवेको देखेपछि अभिभावकलाई खवर गरेकी थिईन् । खवर सुन्न साथ अभिभावकहरुले तीनै जनालाई पानीमा डुबेको अवस्थामा फेला पारी बाहिर निकालेको प्रहरीले जनाएको छ । बाहिर निकाल्दैं गर्दा तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा स्थानीयले १: 

























