३२साउन, मेचीनगर : झापाकाे बाह्रदशी गाउँपालिका- ७ मा भएकाे सवारी दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ भने , अर्की एक घाईते भएकि छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार बाह्रदशी- ७ सिमलचाेकस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे प्र-१-०१-०१ प १९४२ नम्वरकाे स्कुटीलाई साेहि दिशाबाट आउदै गरेकाे प्र-०१-००१-च ७२७७ नम्वरकाे कारले पछाडीबाट ठक्कर दिदाँ राति साढे १० बजेतिर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा परी स्कुटी चालक साेहि ठाउँकी २८ वर्षीया प्रमिता कार्की र धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका – ६ कि ३२ वर्षीया सरस्वती मगर घाईते भएका थिए ।
दुवैजनालाई उपचारकालागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याईएकाे थियाे । घाईतेमध्ये सरस्वतीलाई डक्टरले मृत घाेषणा गरेकाे प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयाे । मृतक मगर झापाकाे कनकाई नगरपालिका – ६ मा डेरा गरि बसेकि थिईन् ।
उनकाे टाउँकाेमा चाेट लागेकाे थियाे । कार्कीकाे टाउँकाे, निधार र शरीरका विभिन्न भागमा चाेट लागेकाे छ ।
दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय घैलाडुबा र कार चालक ईलाम जिल्ला माई जाेगमाई गाउँपालिका – २ का २४ वर्षीय जंगबहादुर वस्नेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिईएकाे छ ।


























