दुर्गाप्रसादको उपचार प्रदेश १ सरकारले गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको हो ।

स्वास्थ्य अवस्थामा विषयमा प्रश्न उठेकाले दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

‘जेलबाट छुटेर आएपछि उहाँको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न कुराहरु उठेका छन्,’ उनले भने, ‘अब उहाँको सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, उपचारका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु ।’

मन्त्री कार्कीका अनुसार इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभित्र स्वास्थ्य जाँच गरिने बताए । ‘प्रारम्भिक चरणमा इलाम वा बिर्तामोडमा स्वास्थ्य जाँच हुन्छ,’ उनले भने, ‘रिपोर्ट कस्तो आउँछ हेर्छौं, थप उपचार गर्नुपरे खर्च सरकारले व्योहोर्छ ।’

क्षतिपूर्ति दिलाउन पहल गर्ने
मन्त्री कार्कीले भारतबाट दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउनका लागि आफ्नो पक्षबाट सक्दो प्रयास गर्ने बताए । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिएको छ । प्रदेशको कानुनमन्त्री पनि भएकाले आफूले पहल गर्ने कार्कीले बताए ।

‘विना कारण आरोपकै भरमा ४० वर्ष जेल बस्नुपर्ने कानुन कहीं पनि छैन,’ उनले भने, ‘भारत सरकारले दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनुपर्छ, त्यसका लागि यहाँबाट गर्नुपर्ने पहल गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.