दाङका दुई कारागारका कैदीका लागि २० कम्प्युटर

A notice in Nepali from Mechinagar Ward No. 10
Four men are sitting at a row of computer desks, each using a computer. The man on the left is wearing a black beanie and a camouflage jacket. The man next to him is wearing a gray and white jacket. The man on the right is wearing a blue jacket with a gray hood. The fourth man is partially visible on the far left. They are in a room with light blue walls and a wooden desk.

दाङका दुई कारागारका कैदीबन्दीका लागि २० थान कम्प्युटर प्रदान गरिएको छ।

तुलसीपुर कारागारमा १० र घोराही कारागारमा १० गरी २० वटा कम्प्युटर प्रदान गरिएको हो। दुबै कारागारहरूमा प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण पनि प्रदान गरिएको छ।

गूड वील कम्युनिटी फाउन्डेसन रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ तुलसीपुरको सहयोगमा झन्डै साढे ६ लाख बराबरको कम्प्युटर तथा प्रिन्टर लगायतका सामग्री प्रदान गरिएको हो।

कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ज्ञानको भण्डार असीमित रहेको हुँदा कैदीबन्दीलाई नयाँ प्रविधि र युग सुहाउँदो ज्ञान हासिल गर्न सहज होस् भनेर कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे।

विगतमा भएका कमीकमजोरीले गर्दा हाल बन्दी जीवन बिताउनु परे पनि तोकिएको सजाय भुक्तान गरी घर जाने क्रममा नयाँ पुस्तासँग र नयाँ युगसँग पहिलै परिचित भएर जान सक्ने वातावरण निर्माण होस् भनेर कैदीबन्दीका लागि कम्प्युटरले सघाउने प्रजिअ आचार्यले आशा व्यक्त गरे।

‘यहाँहरू भौतिक रूपमामात्रै कैद गृहभित्र हुनुहुन्छ, तर असीमित ज्ञानका माध्यमबाट तपाईंको चेतनाको तह र विचारको तह अत्यन्तै फराकिलो पार्न सक्नु हुनेछ,’ प्रजिअ श्रेष्ठले भने।

उनले कारागारलाई सुधार गृहका रूपमा लिन र विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर कारागार बस्दा आफूलाई ज्ञान सीपमा अब्बल राखी असल नागरिक बनेर निस्कन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.