युरो कप:शानदार जित निकाल्दै डेनमार्क पुग्यो अन्तिम आठमा

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी। डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सकिएको खेलमा वेल्समाथि ४-० गोलको सानदार जित निकाल्दै डेनमार्क अन्तिम आठमा पुगेको हो। 

डेनमार्कको जितमा डोलवर्गले दुई गोल गरे। उनले खेलको २७ र ४८ मिनेटमा गरी दुई गोल गरेका हुन् ।
त्यसैगरी मइल्हेले ८८ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले अर्को गोल गरेपछि डेनमार्कले सानदार जित हात पारेको हो। 

खेलको अन्त्यतिर वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए। विपक्षी खेलाडीलाई डरलाग्दो ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड दिएका थिए। 

अब अन्तिम आठमा डेनमार्कले नेदरल्यान्ड्स वा चेकमध्ये एक टिमसँग भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.