Thursday, November 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह खेलकुद

भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

A A
Share on FacebookShare on Twitter

पोखरा — गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ । पोखरा–३३ भरतपोखरीको पशुपतिघाटमा १ अर्ब ६३ करोड रुपैयाँको लगानीमा रंगशाला निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रदेश सरकारले तयार गरेको हो ।

गत आर्थिक वर्षमा प्रदेशले डीपीआर तयार गर्न ५० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये १६ लाख रुपैयाँमा बीआरएस इन्जिनियरिङ सोलुसन प्रालिले ४ महिनामा डीपीआर तयार गर्‍यो । डीपीआरमा रंगशाला निर्माण गर्न १ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने आँकलन छ । १ सय २३ रोपनीमा बन्ने रंगशालाको प्यारापिट क्षमता १८ हजार हुनेछ । मैदानमा टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने गरी ७ वटा पिच बन्ने छन् । १ सय २० भीभीआईपी सिट, १ हजार २ सय भीआईपी र स्पेसल सिट, ९ सय जना खेलाडी अट्ने कक्ष, एक सय जना अट्ने मिडिया कक्ष रंगशालामा हुने छन् । ७० सवारी अट्ने भीआईपी पार्किङ, ४ सय क्षमताको गाडी पार्किङ र ६ सय वटा मोटरसाइकल अट्ने पार्किङ बनाइने डीपीआरमा उल्लेख छ ।

प्रालिका प्रबन्ध निर्देशक विशाल पुनमगरले काम सुरु भएर निरन्तर भइरहे ३२ महिनामा सक्ने गरी डिजाइन गरिएको बताए । प्रदेश सरकारले पशुपतिघाटको १ सय ७४ रोपनी जग्गाको भोगाधिकार गत पुसमा पाएको थियो । प्रदेशले संघबाट भोगाधिकार पाएको उक्त जग्गा नै पहिलो हो । यसअघि गत आर्थिक वर्षमा उक्त रंगशालाका लागि प्रदेशले छुट्याएको १ करोड रुपैयाँ खर्च हुन सकेको थिएन । चालु आर्थिक वर्षमा प्रदेशले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड रुपैयाँ छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्ले डीपीआर बनेपछि रंगशाला निर्माणको बाटो खुलेको बताउँछन् । उनले रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउने प्रक्रियामा मन्त्रालय रहेको बताए । ‘चालु आर्थिक वर्षमा प्रदेशले छुट्याएको २ करोड रुपैयाँबाट जग्गा संरक्षणको काम हुन्छ,’ उनले भने, ‘सेती नदीको कटान नियन्त्रण गर्ने, तारबार गर्ने, जग्गा सम्याउने काम गर्छौं ।’

रंगशालाको पश्चिमपट्टी सेती नदीले बर्सेनि कटान गर्छ । यस वर्ष केही बढी क्षति पुर्‍याएको काफ्लेले बताए । कटान नियन्त्रण गर्न महानगरपालिकाका २९ र ३३ नम्बर वडासँग समन्वय भइरहेको उनले जनाए । ‘रंगशाला बनाउनुअघि जग्गा संरक्षणका लागि छुट्टै डीपीआर बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि जल उत्पन्न प्रकोप र भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकको सहयोग लिन छलफल भइरहेको छ ।’

उनका अनुसार अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि ठूलो रकम आवश्यक भएकोले स्रोत जुटाउन प्रदेश सरकारले छलफल अगाडि बढाएको छ । ‘बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्नुपर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बिडिङमा समेत जानुपर्ने भए त्यहीअनुसार अघि बढ्न पनि छलफल चलेको छ ।’ बजेटको सुनिश्चितता भए ३ देखि ४ वर्षमा निर्माण सकिने उनको अनुमान छ । यता, पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा संघ सरकारले गत आवमा छुट्याएको ३ करोड रुपैयाँ खर्चै हुन सकेन ।

युवा तथा खेलकुद मन्त्रालयमार्फत पेभेलियन निर्माण, भित्री तारबार, ड्रेनेज, मैदान मर्मतका लागि बजेट छुट्याइएको भए पनि खर्च नभएको हो । मन्त्रालयले गत वर्षको चैत ८ मा टेण्डर आह्वानसमेत गरेको थियो । तीन कम्पनीले टेण्डर भरेका थिए । लकडाउन सुरु भएपछि टेण्डर खुल्नै पाएन । चालु आर्थिक वर्षमा मन्त्रालयले उक्त क्रिकेट मैदानलाई २५ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘भेन्यू’ बनाउन दुई मैदान आवश्यक पर्ने बताउँछन् । पोखरा रंगशालाको मैदानलाई समेत स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उनले बताए । ‘दुई मैदान हुँदा एउटामा प्रतियोगिता सञ्चालन गर्ने र त्यसलाई सहयोग पुग्ने गरी अर्कोमा खेलाडी अभ्यास स्थल बनाउन सकिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रदेश सरकारको पहलले उत्साहित नै बनाएको छ ।’

Share35Tweet22SendSendShareShare

Leave a ReplyCancel reply

सम्बन्धित अन्य समाचारहरु

झापा अन्तरपालिका लिग तथा नकआउट:गौरादह र शिवसताक्षी नगरपालिका विजयी
कोशी प्रदेश

झापा अन्तरपालिका लिग तथा नकआउट:गौरादह र शिवसताक्षी नगरपालिका विजयी

November 29, 2023
झापा अन्तरपालिका लिग तथा नकआउट :मेचीनगर दोस्रो खेल जित्दै जोड्यो ६ अङ्क,बुद्धशान्ती र बिर्तामोडले बाँडे समान अङक
कोशी प्रदेश

झापा अन्तरपालिका लिग तथा नकआउट :मेचीनगर दोस्रो खेल जित्दै जोड्यो ६ अङ्क,बुद्धशान्ती र बिर्तामोडले बाँडे समान अङक

November 28, 2023
झापा जिल्ला लिग तथा नकआउट: झापा विजयी शिवसताक्षी र अर्जुनधाराले बाँडे अङ्क
कोशी प्रदेश

झापा जिल्ला लिग तथा नकआउट: झापा विजयी शिवसताक्षी र अर्जुनधाराले बाँडे अङ्क

November 27, 2023
झापा लिग तथा नकआउट फूटबल  : मेचीनगर र बुद्धशान्ति विजयी
कोशी प्रदेश

झापा लिग तथा नकआउट फूटबल : मेचीनगर र बुद्धशान्ति विजयी

November 26, 2023
झापा लिग तथा नकआउट प्रतियोगिता:आज मेचीनगर र भद्रपुर भिड्दै
कोशी प्रदेश

झापा लिग तथा नकआउट प्रतियोगिता:आज मेचीनगर र भद्रपुर भिड्दै

November 26, 2023
कोशी प्रदेश

झापा अन्तरपालिका लिग तथा नकआउट: झापा र कमल गाउँपालिका विजयी

November 25, 2023

– विज्ञापन –

ताजा समाचार

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु
कोशी प्रदेश

जङ्गली हात्तीको आक्रमणबाट इटहरीका एक युवकको मृत्यु

सी. एन. गौतम
November 30, 2023
0

इटहरी,मङ्सिर १४ । जङ्गली हात्तीको आक्रमणबाट इटहरी शान्तीनगरका एक युवकको मृत्यु भएकाे छ । मृत्यु भएका युवक  इटहरी उपमहानगरपालिका २...

थप समाचार
मेचीनगरमा अवैध सामान बरामद

मेचीनगरमा अवैध सामान बरामद

November 30, 2023
एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

एनिमलले नेपालमा डेढ करोड हाराहारी ओपनिङ गर्ने,भारतमा एक साता क्षेत्रीय फिलिम उद्योगलाई असर गर्न सक्ने अनुमान

November 29, 2023
नेप्से १७.९३ अंकले घट्यो

नेप्से १७.९३ अंकले घट्यो

November 29, 2023
इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

इलामका गंगाराम सहित रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु

November 29, 2023
    अर्को समाचार

    एकवर्षमा मेचीनगरका सरकारी स्वास्थ्य केन्द्बाट १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिए

    प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

    कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

    स्थायी लेखा नम्बर : ६०९८०६२१६

    सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

    संचालक समूह :

    अध्यक्ष
    उदयकुमार श्रेष्ठ

    प्रवन्ध निर्देशक / सह-सम्पादक
    सुजन प्रधान

    प्रधान सम्पादक 
    दुर्गाबहादुर लुइटेल 

    सम्पादक
    लक्ष्मी उप्रेती

    संवाददाता
    चेतनाथ गौतम

     

    सम्पर्क :

    ठेगाना
    मेचीनगर नगरपालिका
    झापा, कोशी प्रदेश, नेपाल

    फोन नम्बर
    ९८५२६६२२६५

    इमेल
    [email protected]

    हामी संग फेसबुकमा जोडिनुहोस

    Mero Mechinagar © 2021

    Site by: The Hub

    समाचार भेटिएन
    सबै समाचार हेर्नुहोस
    • गृह
    • समाचार
    • मेचीनगर अपडेट
    • राष्ट्रिय
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
      • राष्ट्रिय सभा
      • प्रतिनिधि सभा
      • प्रदेश सभा
    • समाज
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्य
      • सूचना / प्रविधि
      • विचार / समीक्षा / अन्तर्वार्ता
      • कानून / अपराध
      • दुर्घटना / विपद्
      • कृषि
      • शिक्षा
      • साहित्य / कला
      • पर्यटन / भ्रमण
      • धर्म / संस्कृति
      • कोरोना अपडेट
      • स्वास्थ्य / जीवन शैली
      • मनोरन्जन
      • राशिफल
      • फोटो / भिडीयो

    Mero Mechinagar © 2021 | Powered by: The Hub