Thursday, June 24, 2021
- बिज्ञापन -
गृह अन्तर्वार्ता / विचार / समीक्षाम्याराडोनालाई सम्झदै झापाका पुष्पराज

म्याराडोनालाई सम्झदै झापाका पुष्पराज

बिहीबार ११ ,मङ्गसिर २०७७
मेरोमेचीनगर डेस्क ।
चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको हृदयघातबाट ६० वर्षको उमेरमा निधन भएसगै विश्वभरिका फूटबलप्रेमीहरुलाई गहिरो आघात पुगेको छ । अहिले उनको याद र सम्झनाबारे विश्वभरिबाट आ आफ्नो तरीकाले भावना व्यक्त गर्दैछन् । उनलाई सम्झेर भावुक हुनेमध्ये एक हुन झापा कनकाइ-८ लक्ष्मीपूरका पुष्पराज दाहाल । उनले म्याराडोनाको निधनको खबर सुन्दा शुरुमा आफूलाई पत्यार नलागेको र पछि स्तब्ध भएको बताउछन् । हुन त म्यारडोनासँग सबैले भेट गर्न पाएनन् तर जतिले पाए ती भाग्यमानी भए । यिनै भाग्यमानीको सुचीमा पुष्पराज दाहालले आफूलाई सम्झन्छन् । वैदेशिक रोजगारमा दुबई पुगेका उनी शारजाहस्थित भिक्टोरिया इन्टरनेशनल स्कुलमा सेक्युरिटी गर्दा महान खेलाडी म्यारोडोनासग प्रत्यक्ष भेट गर्न पाएको त्यो क्षण जीवकै अविस्मरणीय र भाग्यमानी भएको बताउछन् । उनी भछन् ”सन् २०१२ मा मैले काम गर्ने स्कुलमा म्याराडोना आए, त्यसबेला उनी युएइ अलवासल फूटबल क्लबकाे काेच रहेका थिए । करीब एक घण्टा समय बिताएका उनले स्कुलका बालबालिकासग फूटबल खेलेका थिए । ५१ ,५२ बर्षको उमेरमा पनि उत्तिकै जोश र जागर देखेर आफू चकित बनेको उनले बताए ।

म्याराडोनाले त्यहा रहेका प्रमुखहरुसँग भेट गरेको र फोटो सेसन गर्दा आफूलाई पनि भेट गर्न मन लागेको थियो । उनको सुरक्षाको लागि म खटिरहेको थिए । पछी मैले भेट गर्ने अवसर पाए म्याराडोनाले फोटो लिन अनुमति दिएको र ‘गूड् जब ‘भन्दै हात मिलाएपछि आफू यो विश्वकै भाग्यमानी र हात मिलाउने पहिलो नेपाली हुँ कि भन्ने महसुश गरेको बताए । उनले आफूले टिभी र युट्युबमा मात्र खेल हेरेको र प्रत्यक्ष भेट हुने कल्पना सम्म नगरेको व्यक्तित्वसँग भेट हुन पाउदा अत्यन्तै हर्सित भएको अहिले पनि झल्झली सम्झिरहन्छन् ।
हिजो भएको म्यारोडोनाको निधनप्रती भावुक हुँदै उनले सामाजिक सन्जालमा ‘रेस्ट इन पीस “भन्दै पोस्ट गरेका छन् ।

यस दु:खद घटनाले विश्वलाई स्तब्ध बनाएको बेला हाम्रो अनलाइन पत्रीका मेरोमेचीनगर ड्ट कम पनि म्याराडोनाप्रति श्रद्दा कुसुम अर्पण गर्दछ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु